दमस्कसको बाटो भएर हिड्नु ; हाम्रो हृदय र मनको नयाँ हुवाई

June 17, 2026

१. पहिलो प्रचारक: पास्टर समीर बम (“दमस्कसको बाटो भएर हिड्नु”)

मुख्य पद: प्रेरित ९:१-४ (पावलको परिवर्तन र हाम्रो आत्मिक यात्रा)

  • पावलको परिवर्तन र हाम्रो जीवन: पावलको परिवर्तनको चर्चा गर्दै उहाँले भन्नुभयो, “पावल… इसाईहरुलाई मार्नको निम्ति सताउनको निम्ति दुख दिनको निम्ति एउटा पक्राउ पुर्जी लिएर उनी जादै छन्… तर दमस्कसको बाटोमा येशु क्रिस्ट सँग भेट हुन्छ र उनको जीवन परिवर्तन भएको हामी देख्न सक्छौ।”

  • हाम्रो अवस्था: हाम्रो जीवनसँग तुलना गर्दै उहाँले भन्नुभयो, “कति पटक हामी विश्वासीहरुले पनि अरुको विरुद्धमा धेरै कुराहरु… अरुलाई दुख दिने कुराहरु, सताउने कुराहरु, अरुको विरुद्धमा बोल्ने कुराहरु, चियो चर्चा गर्ने कुराहरु लिएर हिडिरहेका हुन्छौ… त्यो समयमा यदि त्यो प्रकारले यदि हामी हिडिरहेका छौ भने याद गरौ हामीहरु चै दमसकसको बाटो भएर हिड्न आवश्यकता छ किनकि त्यहा येशु क्रिस्ट सँको भेट हुन्छ।”

  • युद्ध र सहायता: उत्पत्ति १४:१५ लाई उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब्राहमको भतिज लोतलाई आक्रमण गरेर लिदा खेरी त्यहाँ पनि… दमस्कसकै बाटोमा परमेश्वरले सहायता गर्नु भएको छ। यदि हाम्रो जीवनमा हामीले युद्ध गरिरहेका छौ, कुनै कुराहरुसँग संघर्ष गरिरहेका छौ… भने याद गर्नु जब दमस्कसको बाटो भएर हामी जान्छौ त्यहाँ परमेश्वरले हाम्रो सहायता गर्नुहुन्छ।”

  • आजको दमस्कसको बाटो: यसको आधुनिक सान्दर्भिकता स्पष्ट पार्दै उहाँले भन्नुभयो, “दमस्कसको बाटो भनेको आज सायद हाम्रो लागि यो संगति हुन सक्छ, एउटा बाइबल क्लास हुन सक्छ… जहाँ परमेश्वरको प्रकाश छ, जहाँ परमेश्वरको बचन बोलिन्छ।”

२. दोस्रो प्रचारक: पास्टर पवन मेहता (“हाम्रो हृदय र मनको नयाँ हुवाई”)

मुख्य पद: रोमी १२:२ (हृदयको अवस्था र मनको परिवर्तन)

  • मन डुल्ने समस्या: उपदेशक ६:९ उद्धृत गर्दै उहाँले भन्नुभयो, “मन डुली हिड्नु भन्दा आँखाहरुले देख्नु उत्तम हो। म चर्चमा हुन सक्छु… तर मेरो माइन्ड चाहिँ आज बेलुका हुने फिफा म्याचमा हुन सक्छ… यो मनुष्यको एउटा रियालिटी हो… यो जुन मन जुन डुल्छ, यसले चाहिँ हाम्रो हृदयको एउ एउटा गहिरो भागलाई दर्शाउछ।”

  • हृदयको छली स्वभाव: यर्मिया १७:९ को उल्लेख गर्दै उहाँले भन्नुभयो, “हृदय त सबै कुरा भन्दा बढी छली हुन्छ र त्यो असाध्य दुष्ट हुन्छ। जब मानिसको पतन भयो, यसले सम्पूर्ण मनुष्य जातिको हृदय देखि हरेक कुरामा चाहिँ यसले प्रभाव पारेको छ… त्यसै कारणले हामी चाहिँ परमेश्वरबाट अलग भएका छौ।”

  • इजराइलीहरूको उदाहरण र कठोर हृदय: यहोसु ५:६ र हिब्रु ३:७-८ बारे बोल्दै उहाँले भन्नुभयो, “इजराइलीहरु ४० वर्ष सम्म उजाड स्थानमा हिडिरहे… किनकि तिनीहरुले परम प्रभुको कुरा मानिन्नन्। आज तिमीहरुले उहाको वाणी सुन्यौ भने… आफ्नो हृदयहरु कठोर नपार।” उहाँले थप स्पष्ट पार्नुभयो, “हृदय कठोर हुनुका कारणहरू पिडा, घमण्ड, र कन्फेसन नगरिएको पाप हुन्।”

  • दाउदको उदाहरण: दाउदको जीवनबाट सिकाउँदै उहाँले भन्नुभयो, “दाउद जो चाहिँ परमेश्वरको हृदय पछि हिड्ने व्यक्ति थियो… तर जब उसले पाप गर्यो… उसको हृदय कठोर भयो। निष्क्रियतामा सैतानले मौका पाउँछ।”

  • परिवर्तनको मार्ग: इजकियल ३६:२६ र चीनको जंगली घोडाको कथा सुनाउँदै उहाँले भन्नुभयो, “हाम्रो हृदयलाई चाहिँ परमेश्वर सँग जोड्नु आवश्यकता छ… हामीलाई दमस्कस जानु पर्ने आवश्यकता छैन, हामी घरमा हाम्रो भित्री कोठाको जीवनमा परमेश्वर सँगको संगति गर्न सक्छौ। मानिस रोटीले मात्र हैन तर परमेश्वरको मुखबाट निस्किने हरेक बचनले बाच्दछ (मत्ती ४:४)।”