सेवक (Servanthood) संसारले सेवकलाई वास्ता नगरे पनि परमेश्वरले सेवकको हृदयलाई उच्च सम्मान र आदर गर्नुहुन्छ । साँचो सेवा भनेको पुरानो स्वार्थी स्वभावलाई त्यागेर ख्रीष्टमा नयाँ मानिस बन्नु र आफ्नो इच्छा भन्दा परमेश्वरको इच्छालाई प्राथमिकता दिनु हो । प्रत्येक विश्वासीले पाएको वरदानलाई व्यक्तिगत लाभको लागि नभई एकअर्काको सेवा र परमेश्वरको महिमाको लागि प्रयोग गर्नुपर्छ । एक साँचो सेवकले ख्रीष्टको पाइला पछ्याउँदै, सुसमाचार प्रचार गर्ने र मण्डलीको सेवा गर्ने काममा आफूलाई समर्पित गर्दछ ।
धैर्यता (Patience) विश्वासी जीवन र मण्डली निर्माणको प्रक्रियामा धैर्यता र स्थिरता एक अनिवार्य पक्ष हो। प्रार्थनाको उत्तर पर्खँदा वा जीवनका साना-ठूला चुनौतीहरू र समस्याहरू सामना गर्दा हामी विचलित नभई धैर्यवान हुनुपर्छ । सुरुको मण्डलीका विश्वासीहरू जस्तै हामी पनि वचनको शिक्षा, संगति र प्रार्थनामा धैर्यताका साथ लागिरहनु पर्छ। नेहेम्याहको उदाहरण जस्तै, परमेश्वरको महान कार्यमा लाग्दा संसार र परिस्थितिबाट आउने अवरोधहरूमा नअलमलिई धैर्यताका साथ आफ्नो लक्ष्यमा अडिग रहन र एकअर्कालाई उत्साह दिन आवश्यक छ।
